Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


शेयर बजार आज सामान्य अंकले बढ्यो

फाइनान्समा लगानीकर्ता झुम्मिए

104
Shares

काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकले बढेको छ।

नेप्से साेमबार ६ दशमलव ७४ अंकले बढेर बन्द भएको हाे। बजार बन्द हुनु भन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हावी भएपछि बजार बढेको हो। नेप्से ० दशमलव २५ प्रतिशतले बढेर परिसूचक १ हजार ६ सय १ दशमलव ६१ बिन्दु पुगेको छ। दिनैभरीमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६ सय २५ कित्ता शेयर कारोबार भएको हाे।

बजार बन्द हुँदा १ सय ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ। ९४ वटा कम्पनीको शेयर मूल्य भने घटेको हाे । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। दिनैभरीमा ३ सय २९ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार १ सय २२ पटक शेयर किनबेच भएको छ। दुई वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ।

१३ समूह मध्ये होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह घटेको छ। बाँकी अरू समूह बढेको हाे। सबै भन्दा बढी फाइनास समूह ० दशमलव ९० प्रतिशतले बढेको छ। सबै भन्दा बढी अन्य समूह ० दशमलव १७ प्रतिशतले घटेको नेप्सेले जनाएकाे हाे।