काठमाडाैं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकतावद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरुलाइ सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ।
पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई थपअग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो। उहाँले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरुलाई सहयोग गर्न समेत प्रतिनिधिहरुलाई आग्रह गर्नुभएकाे छ।
नेता पाण्डेले संस्थापन पक्षबाट महासचिव पदमा उम्मेदवारी दिनुभएको छ।





प्रतिक्रिया दिनुहोस्