Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


अस्मिता थापा एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, ओली प्यानलबाट खुला महिला कोटामा प्रतिस्पर्धा


4.5k
Shares

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा नेकपा एमाले केन्द्रीय कमिटीको सबैभन्दा कान्छो उम्मेदवारका रूपमा उम्मेदवारी दिएकी छन् ।

२९ वर्षीया थापा एमालेको ११औँ महाधिवेशनमा जेन–जी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी हुन्।

थापाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्य (महिला क्लस्टर)तर्फ उम्मेदवारी दर्ता गराएकी छन्।

उनको प्रस्तावकमा कोशी प्रदेशकी मन्त्री सिर्जना राई र समर्थकमा अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ रहेका छन्। कोशी प्रदेशका नेताहरूको प्रस्तावमा उनी केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन्। हाल ओखलढुंगा जिल्ला कमिटीकी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहँदै २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

पार्टीभित्र पुस्तान्तरणको आवश्यकता औँल्याउँदै थापाले आन्दोलनबाट स्थापित युवा नेताहरूको दोस्रो पुस्ता र लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको पहिलो पुस्तासँगै नयाँ पुस्ताको सशक्त सहभागिताबाट पार्टीलाई नयाँ रुपान्तरणतर्फ लैजानुपर्ने बताएकी छन्।