काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो।
आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ।
आइतबारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८७० कायम भएको महासंघले जनाएको छ।
आइतबार एक तोला चाँदी ३ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।





प्रतिक्रिया दिनुहोस्