काठमाडाैं । प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्।
भ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ ढाड पाखाका २१ वर्षीय दुधराज तामाङको मृत्यु भएको हो ।
तामाङ करिब बिहान ४ बजे हिरासतको शौचालयमा झुन्डिएरको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
प्रहरीका अनुसार उनी चोरीको आरोपमा आइतबार मात्रै प्रहरीले पक्राउ गरेको थियो । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्