काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ ।
केहीबेरअघि सुरु भएको बन्दसत्रको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकलगायत कारणले ढिलाइ हुँदै दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो । यसअघि हिजो शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको औपचारिक उद्घाटन गरिएको थियो ।
बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याउने निर्णय गरेको छ । बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटी कायम राख्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको हो ।





प्रतिक्रिया दिनुहोस्