काठमाडौं । स्टाफ कलेजका रूपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स) को प्रवेश परीक्षामा १६ जना डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् ।
उत्तीर्ण डीएसपीहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मा भर्ना भई हाल डीएसपी बनेकाहरूले परीक्षा दिएका थिए, जसमध्ये १६ जना मात्र सफल भएका हुन् ।
यता, स्टाफ कलेज कोर्स लागू गर्न नहुने माग गर्दै २०७० ब्याचका केही प्रहरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रहरी ऐन र नियमावलीले नचिन्ने कोर्सले करिअरमा असर पार्ने उनीहरूको दाबी छ ।
नेपाल प्रहरीमा पहिलो पटक २०७० सालको इन्स्पेक्टर ब्याचबाट स्टाफ कलेज कोर्स लागू गरिएको हो । यो कोर्स पास नगरेसम्म डीआईजी बन्न नसकिने व्यवस्था गरिएको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्