Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


अस्पतालमा डेगु संक्रमणका बिरामी घट्दै


91
Shares

काठमाडाैं। चितवनमा चिसाे समय शुरु भएसँगै अस्पतालमा आएका बिरामीमा डेगु र स्क्रब टाइफसको संक्रमण घट्दो क्रममा रहेको छ।

गत वर्षको तुलनामा मंसिरमा दुवै रोगको संक्रमण घटेको पाइएको हाे। जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मंसिरमा १ सय १३ जनामा डेंगु देखिएकामा यस वर्ष १२ जनामा यो रोगको संक्रमण भेटिएको छ। कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार यस आवमा ५ हजार ९ सय २३ जनाको नमुना परीक्षण गरिएकामा अहिलेसम्म १ सय ७४ जनामा डेंगुको संक्रमण देखिएको हो।

गत आवको मंसिरसम्ममा १ हजार ४ सय ६३ जनामा यो रोगको संक्रमण देखिएको थियो। गत आवभरी १७ हजार ३ सय ५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो। जिल्लामा गत वर्ष साउनमा १ सय ६०, भदौमा ३ सय ४९, असोजमा ४ सय ८७, कात्तिकमा ३ सय ३४ र मंसिरमा ११३ जनामा डेंगुको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयाे।

यसवर्ष साउनमा ४२ जना, भदौमा ४४ जना, असोजमा २९ जना, कात्तिकमा ४७ जना र मंसिरमा १२ जनामा डेंगुको संक्रमण देखिएको छ।