एजेन्सी। इराक र संयुक्त राष्ट्र संघले आधिकारिक रूपमा इराकका लागि संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमआई) को जनादेशको अन्त्य भएको बताएका छन् ।
जसले संकट-व्यवस्थापनबाट विकास र दिगो साझेदारीमा केन्द्रित नयाँ अध्यायमा परिवर्तनको संकेत गरेकाे हाे। इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बगदादमा आयोजित मिसनको अन्त्यको अवसरमा आयोजित समारोहमा भाग लिनुभयो। संयुक्त पत्रकार सम्मेलनको क्रममा अल-सुदानीले जनादेशको समापन इराक र संयुक्त राष्ट्र संघबीचको साझेदारीको अन्त्यको अर्थ नभएको बताउनुभयो।
जसले सहयोगको नयाँ अध्यायको शुरुवात भएको उहाँको भनाइ छ।





प्रतिक्रिया दिनुहोस्