Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कांग्रेसका नेता उपाध्यायको निधन


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्यायको निधन भएको छ।

मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा शनिबार राति उपचारको क्रममा निधन भएको हो। लामो समयदेखि उहाँ मुखको क्यान्सर रोगबाट पीडित हुनुभएकाे थियाे। २०५१ सालमा राष्‍ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकुद मन्त्री समेत हुनुभएकाे थियाे ।

नेता उपाध्याय २०५६ सालको संसदीय निर्वाचनमा मोरङ-१ बाट निर्वाचित पुनर्स्थापित व्यवस्थापिका-संसदमा समेत क्रियाशील हुनुहुन्थ्याे।