Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


एमालेको केन्द्रीय कमिटी बैठक जारी


299
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ।

एमालेकाे ११औं महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि भृकुटीमण्डपमा बैठक शुरु भएको हो। बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूकाे बारेमा महत्वपूर्ण छलफल हुने एमालेले जनाएकाे छ। साेही बैठक कार्यकालको अन्तिम बैठक हो।

भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। आइतबार बिहानै शुरु गर्ने तयारी गरिएको बन्दसत्र भने आइतबार दिउँसो १ बजेका लागि सारिएको छ।