Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


एमाले अध्यक्ष ओली भृकुटीमण्डपमा पुगे


312
Shares

काठमाडौं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएका अध्यक्ष केपी शर्मा ओली डेढ घण्टापछि बैठक स्थलमा पुग्नुभएकाे छ।

आइतबार बिहान ९ बजेका लागि बोलाएको बैठकमा अध्यक्ष ओली पौने ११ बजे भृकुटीमण्डप पुग्नुभएकाे हाे। केन्द्रीय सदस्यलाई केही समय ढिला बैठक शुरु हुने जानकारी गराएर ओली गुण्डु छलफलमा व्यस्त भएकाे बुझिएकाे छ। ओली गुन्डुमा व्यस्त हुँदा केन्द्रीय सदस्य कुरेको कुरै भएका थिए।

अध्यक्ष ओलीले आइतबार बिहान ९ बजे भनिएको बैठक साढे ९ का लागि सारिएको थियो। सबै पदाधिकारी र केन्द्रीय सदस्य बन्दसत्र गर्ने भनिएको हलमा अध्यक्ष ओलीलाई पर्खिएर बसेकाे एमालेमा एक नेताले बताएका छन्।