Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


एमाले महाधिवेशन: २ सय बढी प्रहरी परिचालन


260
Shares

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आइतबार भृकुटीमण्डपमा बन्दशत्रको तयारी शुरू भएको छ।

उच्च सुरक्षा व्यवस्थासहित शुरू गर्न लागिएको बन्दशत्र निर्धारित समय भन्दा केही ढिलो हुने भएको हाे । उपमहासचिव प्रदीप ज्ञवालीले केही प्राविधिक तयारी भइरहेका कारण आइतबार बिहान ८ बजेदेखि शुरू हुने पूर्वतालिकामा सामान्य ढिलाई हुन लागेको बताउनुभयाे।

बन्दशत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरीले २ सय भन्दा बढी जनशक्ति परिचालन गरेको छ। एमालेले सोही प्रयोजनका लागि अलग्गै स्वयंसेवक दस्ता निर्माण गरेको हाे। सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशालाई सर्वसाधारणको आवत-जावत निषेध गरिएको छ। भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग लिन पाउने बाहेकका व्यक्तिलाई कडाइका साथ प्रवेश निषेध गरिएको हाे।

महाधिवेशनका कारण सार्वजनिक सडक अवरोध नहुने भएको छ। भृकुटीमण्डपभित्र प्रवेश गर्न बाहेक कुनै किसिमको सडक अवरोध नहुने प्रहरीले बताएकाे छ। महाधिवेशनका सहभागीका सवारी-साधन पार्किङका लागि टुँडिखेलमा व्यवस्था मिलाइएको समेत प्रहरीले बताएकाे हाे।