एजेन्सी। थाइल्याण्डसँगको सीमा द्वन्द्वका कारण कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ।
कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिम जारी गर्दै शुक्रबारसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वका कारण कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख भन्दा बढी पुगेको जनाएकाे हाे। ३ लाख भन्दा बढी मानिसहरूसहित करिब ९० हजार परिवारहरू सुरक्षित आश्रयको लागि थाई सीमा नजिकैको आफ्नो घर छोडेर भागेका छन्।
यहि डिसेम्बर ७ तारिखदेखि कम्बोडिया-थाइल्याण्डकाे सीमा द्वन्द्व फेरि चर्किएको छ।





प्रतिक्रिया दिनुहोस्