Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अमेरिकामा युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ गम्भीर घाइते


1.1k
Shares

एजेन्सी। अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु भएको छ।

साेही दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था स्थिर रहेको बिबिसीले जनाएको हाे। विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताउनुभएकाे छ।

साेही घटना शनिबार साँझ ४ बजेरतिर भएको थियो। गोली चलाउने व्यक्ति फरार रहेका छन्। प्रहरीले उनको खोजी जारी कार्य जारी राखेकाे बताएकाे छ। प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो। तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ।

त्यस्तै, साेही घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएकाे हाे।