काठमाडौं ।
भारतको कोलकातामा विश्व फुटबलका स्टार लियोनल मेसीलाई हेर्न पुगेका फ्यानहरूले स्टेडियम तोडफोड गरेका छन् ।
अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबलर मेसी ग्रेटेस्ट अफ अल टाइम (जीओएटी) टुर अन्तर्गत आज भारतको कोलकातामा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
मेसीलाई हेर्न पुगेका फ्यानहरूले साल्टलेक स्टेडियम नै तोडफोड गरेको भारतीय संचारमाध्महरुले जनाएका छन् । मेसी कार्यक्रमबाट बाहिरिए लगत्तै उनका फ्यानहरूले मेसी हेर्न नपाएको भन्दै स्टेडियममा तोडफोड गरेको बताइएको छ ।
आयोजकको खराब व्यवस्थाका कारण मेसीलाई हेर्न नपाएको गुनासो गर्दै उनीहरुले प्रवेश शुल्क फिर्ता गर्न माग गरेका छन् ।
मेस्सीका फ्यानहरुले स्टेडियमका कुर्सी तोडफोड गर्नुका साथै बोतलहरु फालिरहेका दृश्यहरु सामाजिक सञ्जालमा देखिएका छन् । स्टेडिममा सबैभन्दा सस्तो टिकट ५ हजार रुपैयाँ राखिएको थियो छ ।
मेसी अर्का चर्चित फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल कोलाकाला पुगेका थिए । स्टेडियम बाहिर र कोलकाता एयरपोर्टमा मेसीको एक झलक पाउनका लागि हजारौं फ्यान पुगेका थिए ।
गएराती २ बजे कोलकाता विमानस्थलमा अवतरण गरेका मेसीको स्वागतका लागि हजारौं फ्यानहरू गए रातिदेखि नै कुरेर बसेका थिए । जीओएटी इन्डिया टुर–२०२५ अन्तगर्त मेसी तीन दिन भारतमा रहने छन् ।





प्रतिक्रिया दिनुहोस्