Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


सुदूरपश्चिमविरुद्ध ‘पावर प्ले’मै लुम्बिनी जित नजिक


494
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्स पहिलो पावर प्लेमै जित नजिक पुगेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा उपाधिका निम्ति सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको समाप्तिसम्म दुई विकेट गुमाएर ७२ रन बनाएको छ ।

लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल आठ र निरोसान डिकवेला ६ रनमा खेलिरहेका छन् । त्यसअघि ओपनर दीनेश अधिकारीले १३ बलमा एक चौका र पाँच छक्कासहित ४२ रन र डार्सी शर्टले १४ रन बनाएका थिए ।

सुदूरपश्चिमका हर्मित सिंहले दुवै विकेट लिए । लुम्बिनीलाई जितका निम्ति अब १४ ओभरमा १४ रनको मात्रै आवश्यक छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो ।