Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार


130
Shares

काठमाडौं ।
अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गर्नुभएको छ ।

सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेट्नुभएको हो । मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाहरुको चाहानमा रजकलाई शहीद घोषणा गरिएको बताउनुभयो ।

शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको र सबैले सधैँ सम्झिरहने उल्लेख गर्नुभयो । पत्रकारको कार्यस्थलमा मृत्यु हुने अवस्था सिर्जना हुनु दुःखद् भएको र आगामी दिनमा यस्ता घटना हुन नदिनेमा राज्य शर्तक रहेको पनि उहाँले बताउनु भयो ।
पत्रकार रजकको २०८१ चैत्र १५ गते राजावादीहरुको गरेको आन्दोनलका क्रममा मृत्यु भएको थियो ।