नवलपुर, असोज ७ । अर्थमन्त्री डा. युवराज खतिवडालले जनताले तिर्न नसक्ने गरी कर नलगाइएको दाबी गरेका छन् ।
नवलपुरको कावासोतीमा करदाता सेवा कार्यालयको आइतबार उद्घाटन गर्दै उनले करको विषयमा चलाइएको अनावश्यक हल्लाले करदातालाई भ्रममा पारेको बताए ।
अहिलेपनि कर प्रणालीमा केही दुविधा रहेको र करमा देखिएका दुविधाहरु क्रमशः हल हुँदै गएको उनको दाबी थियो ।
उनले क्षेत्राधिकारभन्दा बाहिर गएर कर असुल नगर्न स्थानीय तहलाई आग्रहसमेत आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभाका सासंद तिलक महतले गन्डकी प्रदेशअन्तर्गत् नवलपुर जिल्ला सबैभन्दा बढी २० अर्ब कर संकलन गर्ने जिल्ला रहेको हुँदा बढी कर संकल गर्ने जिल्लालाई सोहीअनुसारको विकासको व्यवस्था मिलाउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्