काठमाडौं ।
स्टार फुटबलर अर्जेन्टिनाका लियोनल मेसी भारत आइपुगेका छन् ।
शुक्रबार राति भारतको कोलकाता ओर्लिएका मेसीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् ।
मेसी तीन दिन भारतमा रहने तालिका छ । साथै हैदरावादमा मैत्रीपूर्ण फुटबल खेल्ने र सांस्कृतिक कार्यक्रममा सहभागी हुने खबरमा उल्लेख छ ।
फर्कनुअघि मेसीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ । जीओएटी इन्डिया टुर–२०२५ अन्तर्गत मेसी भारत आएको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्