Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


एमाले १०औँ महाधिवेशनमा ३ लाख बढी सहभागी हुने दाबी


234
Shares

काठमाडाैं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज भक्तपुरमा हुँदैछ।

शनिबार दिउँसो १२ बजे सल्लाघारीस्थित नेपाल ट्रष्टको मैदानमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन सत्रमा ३ लाखभन्दा बढीको उपस्थिति रहने दाबी गरिएको छ। कार्यक्रम व्यवस्थापनका लागि ५ सयभन्दा बढी स्वयंसेवक ड्रेसकोडसहित खटाइनेछ भने १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने छ।

सहभागीको सुविधाका लागि पार्किङ, जुलुस र यातायात व्यवस्थापनका छुट्टाछुट्टै रुट तय गरिएको छ।