काठमाडाैं ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल दुबईको द सेभेन्स रंगशालामा आज बिहान १०: ४५ बजे सुरु हुनेछ।
समूह ‘बी’ मा रहेको नेपालले प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्य राखेको छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ।
अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली सहभागी छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने उपाधि भिडन्त पुस ६ गते हुनेछ।





प्रतिक्रिया दिनुहोस्