Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


देशभरकाे माैसम सफा रहने


130
Shares

काठमाडौं ।
देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भूभागमा मौसम सफा रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने जबकि बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ।

आज राति देशभर आंशिक बदली रहने सम्भावना छ। आइतबार पनि कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ।