काठमाडौं ।
नेपा एमालेको महाधिवेसन आज उद्घाटन भएपश्चात निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
चितवन महाधिवेसनमा नेता भीम रावलले नेतृत्वका लागि आँट गरेपनि अध्यक्ष केपीओली सामू निरीह बने । तर यसपटक जेनजी आन्दोलन र पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा फर्केर पुन सक्रिय राजनीतिमा आउन खोजेपछि भने एमालेको आन्तरिक जिवन फरक बनृेको छ ।
दुई कार्यकालको विधान संसोधन गरेरै तेस्रोपटक अध्यक्ष हुन खोजेका अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको समर्थन पाएका वरिष्ठ उपाध्यक्षले रोक्ने रणनीतिसहित निर्वाचनमा उत्रिदैछन् ।त्यसका लागि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीको सूची प्यानलसहितको रणनीतिमा पोखरेल समूहले छलफल गरिरहेको छ ।
विधानलाई ब्युँताएर पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने संस्थापन पक्षको प्रस्ताव हिजोको सचिवालय बैठकमा असफल पारेको भन्दै यो समूह उत्साही बनेको छ । यद्यपि दुवैतिरका नेताहरूले ३ महिनाअघि मात्र पारित भएको विधानलाई चलाउन व्यवहारिक नहुने भन्दै संशोधन नगर्ने सहमति बनेको औपचारिक प्रतिक्रिया दिएका छन् ।
अब ओली समूहबाट पदाधिकारीमा उठ्ने तयारी गरेका तर विधान संसोधन नभएपछि त्यो मौका नपाउने नेपाहरुलाई आफ्नो पक्षमा आउन सक्ने आँकलन यो समूहले गरेको छ । त्यसका लागि केही पदहरूलाई ‘गिभ एण्ड टेकका लागि’ सुरक्षित राख्दै प्यानलको छलफललाई पोखरेल समूहले तीव्र पारेको हो । पोखरेल समूहले अध्यक्षमा ईश्वर पोखरेल , महासचिवमा ष्योगेश भट्टराई वा गोकर्ण विष्टलाई अघि सार्ने देखिएको छ ।
बाँकी पदका लागि छलफलमा छ । त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वमा पदाधीकारीको आकांक्षा राख्ने नेताहरुको संख्या उल्लेख्य छ । ओली प्यानलबाट महासचिव पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, प्रदिप ज्ञवाली लगायतको चर्चा छ ।
अध्यक्ष ओलीले एकल मनोमानी गरेको, विरोधी स्वरहरु सुन्न नचाहेको र पार्टीभित्र पुस्ता हष्ताण्तरण हुनुपर्ने मतलाई नस्वीकारेको आरोप लगाउँदै ईश्वर पोखरेलको समूह ओलीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भएको राजनीतिक वृत्मा चर्चा छ ।





प्रतिक्रिया दिनुहोस्