काठमाडौं ।
नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका लिलाबहादुर क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
२२ मंसिरको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यसैगरी सहायक रथी, महासेनानी बढुवा भएका एकरएक अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्