काठमाडौं ।
नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी अनिश्चिकालका लागि बन्द भएको छ ।
कार्यालयका प्रमुख महेन्द्र थापामाथि दुर्व्यवहार भएको र घटनामा संलग्न व्यक्ति अहिलेसम्म पक्राउ नपरेको भन्दै कर्मचारीले कार्यालय बन्दको घोषणा गरेका हुन् ।
कार्यालय प्रमुख थापामाथि गत मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट कार्यकर्ताले कालोमोसो दलेका थिए । नेकपा(बहुमत) धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टी हो ।
उक्त संगठनका नाउँबाट जारी गरिएको विज्ञप्तिमा थापाले राष्ट्रिय आवास कम्पनीको जग्गा बिक्रीमा मिलमतो गरी भ्रष्टचार गरेको लगायत विभिन्न आरोप लगाउँदै कारबाही गरेको जनाइएकाे छ ।
कार्यालय प्रमुखमाथि लगाइएको आरोप निराधार रहेको जनाउँदै कर्मचारीहरुले प्रहरी प्रशासन समक्ष दोषीलाई पक्राउ गरी कारबाही गर्न र शान्ती सुरक्षाको प्रत्याभूति दिन माग गरेका थिए ।
घटना घटेको एक हप्ता बितिसक्दा पनि संलग्न व्यक्तिहरु पक्राउ नपरेकाले शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्म आइतबारदेखि कार्यालय हुने कर्मचारीले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्