Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


सञ्चारमन्त्री खरेलको टिप्पणीः ‘नेताहरू घाटमा जाने बेलासम्म पनि आफैं नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्’

नेपाली राजनीतिमा अब युवाको दबदबा कायम हुने दावी

429
Shares

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दावी गर्नुभएको छ।

राष्ट्रिय युवा परिषदले शुक्रबार आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताउनुभयो। उहाँले राजनीतिलाई नीतिहरुको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरुको उपस्थिति अनिवार्य रहेको बताउनुभएकाे छ।

राजनीतिक दलहरुलाई युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुख नरहेको उहाँले जिकिर गर्नुभयो। घाटमा जाने बेलासम्म पनि आफैं नेता बन्ने, आफैं प्रमुख बन्ने, आफैं प्रधानमन्त्री बन्ने र आफैं अध्यक्ष बन्ने गरेको उहाँले टिप्पणी गर्नुभएकाे छ।

मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताउनुभयो ।