Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


प्रधानमन्त्री कार्कीले आज चाैथाे पटक मन्त्रीपरिषद विस्तार गर्दै

नवनियुक्त ४ जना मन्त्रीले आजै शपथ लिने

1.7k
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार चाैथाे पटक मन्त्रीपरिषद विस्तार गर्न लाग्नुभएको छ।

प्रधानमन्त्री कार्कीको सिफारीसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दिउँसाे ४ जना मन्त्री नियुत्त गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको हाे। प्रधानमन्त्री कार्कीको सिफारीसमा मन्त्री बन्नेहरुमा कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेको बुझिएको छ। उनीहरुलाई कुन-कुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भन्ने एकिन नभएता पनि शुक्रबार दिउँसाे ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको पद तथा गाेपनीयताकाे शपथग्रहण कार्यक्रमको तयारी भएको जनाइएकाे छ।

मौजुदा मन्त्रीपरिषदमा प्रधानमन्त्री कार्कीसहित १० जना सदस्य रहेका छन् । यसअघि प्रधानमन्त्री कार्कीले ३ पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको थियो।