काठमाडौं। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शुक्रबार बिहान ५ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ।
अधिकतम तापक्रम भने १७ डिग्री सेल्सियस पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे। यसअघि बिहीबार बिहानको तापक्रम ६ डिग्री सेल्सियस थियो। देशको पूर्वी भेगका पहाडी क्षेत्रमा न्यूनतम तापक्रम ७ डिग्रीदेखि १ दशमलव २ सम्म तल झर्ने गरेको छ। तराईका क्षेत्रमा १२ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ।
दाेलखाको जिरीमा १ दशमलव ६ पुग्दा गोरखा जिल्लाको तापक्रम ८ दशमलव ९ डिग्री सेल्सियस रहेकाे छ। हाल हुम्ला र जुम्लामा न्यूनतम तापक्रम माइनसमा झरेको महाशाखाले जनाएको हाे।





प्रतिक्रिया दिनुहोस्