Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


नारायणगढ-बुटवल सडक अन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुलकाे निर्माण कार्य सम्पन्न


416
Shares

काठमाडाैं। नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सम्पन्न भएकाे छ।

योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सम्पन्न भएकाे नारायणगढ(बुटवल सडक विस्तार आयोजनाले जनाएकाे हाे। गैंडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको छ। यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटर भन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुल मात्र निर्माणको काम बाँकी रहेकाे हाे।

२ सय मिटर भन्दा लामा गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुलमध्ये अरुणखोलाको पुलमात्र निर्माणको काम बाँकी छ। अरुणखोला पुलको काम अन्तिम चरणमा रहेको हाे। निर्माण गरिएका पुलमध्ये कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ।

केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने आयाेजनाले जनाएकाे हाे। दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माण समेत अन्तिम चरणमा पुगेकाे छ।