Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स फाइनलमा प्रवेश, विराटनगर किंग्स भने ४० रनले पराजित

उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने

351
Shares

काठमाडाैं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त निश्चित गरेको हो। उपाधि भीडन्त भने शनिबार दिउँसाे साढे ३ बजेदेखि शुरु हुने भएकाे छ।

गत सिजन सुदूरपश्चिम उपविजेता बनेको थियो। लुम्बिनी भने अंक तालिकाको पुछारमा रहेको थियो। बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७दशमलव ५ ओभरमा ९४ रनमा अलआउट हुन पुग्यो।

सामान्य लक्ष्य भए पनि विराटनगरले खराब शुरूवात गर्‍यो। उसले ६ बलको अन्तरमा शुरुवाती ३ ब्याटरलाई गुमाएकाे हाे।