Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


पाकिस्तानका पूर्वप्रमुख हमिदलाई १४ वर्षको जेल सजाय


312
Shares

एजेन्सी। पकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली ‘इन्टर-सर्भिस इन्टेलिजेन्स जासुसी’ एजेन्सीका पूर्वप्रमुख फैज हमिदलाई १४ वर्षको जेल सजाय सुनाएको छ।

राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले जनाएको हाे। जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर गरिएको सेनाले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएकाे छ।

सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजात अनुसार, हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको हाे। गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ।