काठमाडाैं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट उम्मेदवार बन्नुहुने भएकाे छ।
कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले सभापति देउवाकाे नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको बताउनुभयाे। डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै सभापति देउवाले अन्तिम पटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसक्नुभएकाे थियाे।
देउवा डडेल्धुराबाट आठौं पटक संघीय निर्वाचन लड्ने तयारीमा रहनुभएकाे छ। यसअघि उहाँ २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै ७ पटक विजयी हुनुभएकाे थियाे। २०४८ सालदेखि हालसम्म अपराजित रहनुभएका देउवा मात्रै एक नेता हुनुहुन्छ।
राष्ट्रियसभाको लागि भीमबहादुर साउद र रगुवर भट्टको नाम सिफारिस गरिएको कांग्रेसले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्