Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएकाे अध्यक्ष ओलीकाे टिप्पणी

'संसद पुनःस्थापना नै अन्तिम विकल्प'

182
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ।

काठमाडौंमा बिहीबार सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने बताउनुभयो। कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो भन्दै उहाँले प्रश्न गर्नुभएकाे छ। सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको बताउदै उहाँले धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गर्नुभयो।

अध्यक्ष ओलीले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताउनुभयो। वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै उहाँले संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको बताउनुभएकाे छ।