काठमाडौं ।
युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लीश क्लबहरु आर्सनल र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।
गएराति बेल्जीयममा भएको खेलमा आर्सनलले क्लब ब्रुजलाई ३–० ले हरायो । आर्सनलको लागि नोनी माडुकेले दुई गोल गर्दा ग्याब्रियल मार्टीनेलीले एक गोल थपे ।
गएरातिको अर्को खेलमा म्यान्चेस्टर सिटीले रियाल मड्रिडलाई २–१ ले हरायो । स्पेनीस टोली रियाल मड्रिडको मैदानमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन निको ओरेली र अर्लिङ हाल्याण्डले एक एक गोल गरे । रियाल मड्रिडका रोड्रिगोले पहिलो गोल गरेका थिए ।
च्याम्पियन्स लिगकै अर्को खेलमा इंग्ल्याण्डको न्युकासल युनाइटेडलाई जर्मनीलाई बायर लिभरकुजेनले २–२ गोलको बराबरीमा रोक्यो । यसैगरि इटालीको युभेन्टसले ग्रिसको पाकोसलाई २–० ले हराउँदा पोर्चुगलको बेन्फिकाले इटालीको नापोलीमाथि २–० कै जित निकाल्यो ।
जर्मनीको बोरुसिया डर्टमण्ड र नर्वेको बोडोले २–२ गोलको बराबरी खेल्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई स्पेनको एथ्लेटिक क्लबले गामेलरहित बराबरीमा रोकेको छ ।





प्रतिक्रिया दिनुहोस्