काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्सलाई र लुम्बिनी लायन्स भिड्दै छन् ।
विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो । यता, लुम्बिनीले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले उपाधि भिड्न्तमा साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । यता, लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।
प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ ।





प्रतिक्रिया दिनुहोस्