Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


महाधिवेशनमा हारे पनि माधव नेपाल र भीम रावलको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौं: वरिष्ठ उपाध्यक्ष पोखरेल


260
Shares

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भए पनि आफूहरु सधैं एमाले भएर रहिरहने बताउनुभएको छ।

काठमाडाैंमा बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गर्नुभएका उहाँले प्रतिष्पर्धामा जानेहरुले पराजयलाई पनि स्वीकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफूहरु सचेत रहेको समेत स्पष्ट पार्नुभयाे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले पराजय भोग्नुपरे पनि माधव कुमार नेपाल र भीम रावलहरुको जस्तो नयाँ छुट्टै पार्टी खोलेर जाने दृष्टान्त लागू नहुने समेत बताउनुभयो। उहाँले महाधिवेशनमा आफूहरु विजय हुने विश्वास व्यक्त गर्दै पराजय भएपनि एमाले नै भएर काम गर्ने कुरामा किञ्चित तलमाथि नहुने बताउनुभएकाे छ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व भन्दा पनि कार्यशैलीप्रति आफूहरुको प्रश्न रहेको पनि बताउनुभयो।