Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने: अध्यक्ष लिङ्देन


130
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिनुभएको छ।

काठमाडौंमा बुधबारदेखि शुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो।अध्यक्ष लिङ्देनले संविधान असफल भइसकेको र यहि निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गर्नुभयो। उहाँले यथास्थितिमा निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने समेत बताउनुभएकाे छ।

नवगठित नेपाली कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै जनताकोबीचमा जान नसक्ने अवस्था भएपछि नामै परिवर्तन गर्नुपर्ने अवस्था आएको उहाँकाे दावी थियाे। अध्यक्ष लिङ्देनले जनतामा जान सक्ने र जनताले आशा गरेको पार्टी राप्रपा मात्रै भएको समेत बताउनुभएकाे छ।

अध्यक्ष लिङ्देनले मुलुकलाई निकास दिन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी गरेर अघि बढ्नुपर्ने अडान समेत दोहोर्‍याउनुभयो।