Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध


91
Shares

काठमाडौं ।
अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्ध आजदेखि लागू भएको छ ।

बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने लक्ष्यका साथ अस्ट्रेलियन सरकारले नयाँ ऐन ल्याएको हो ।
नयाँ ऐनअनुसार इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट र युट्युबलगायतका प्लेटफर्महरूले नाबालक प्रयोगकर्तालाई रोक्नुपर्नेछ ।

यो प्रतिबन्ध उल्लङ्घन गरेमा अभिभावक वा बालबालिकामाथि सजाय नहुने भए पनि सामाजिक सञ्जाल कम्पनीहरूले भने अधिकतम ४ करोड ९५ लाख अष्ट्रेलियन डलर बराबरको जरिवाना तिर्नु पर्ने कानुनी व्यवस्था गरिएको छ ।

तर आलोचकहरूले भने यसले जोखिममा रहेका किशोर–किशोरीलाई झन् एक्ल्याउन सक्ने तथा उनीहरूलाई नियमनविहीन अनलाइन परिवेशमा धकेल्न सक्ने खतरा रहेको चेतावनी दिएका छन् ।