काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा गुरुङले सरकार र जेनजीबीचको सम्झौतामा भएको प्रगतिकाे बारेमा चासो राख्नुभएकाे हाे। जेनजी आन्दोलनलाई वैद्यता दिने गरी सम्झौताको प्रक्रिया छिटाे टुंग्याउनुपर्ने र राष्ट्रपति समक्ष हस्ताक्षर गर्नुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै, गुरुङले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको र धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो समेत गर्नुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्