काठमाडाैं। नेपाली कांग्रेसमा आगामी पुस अन्तिममा १५औं महाधिवेशन गर्ने निर्णय गरेका कारण अहिले क्रियाशील सदस्यता वितरणको चटारो छ।
क्रियाशील सदस्यता वितरणमा लचकता अपनाएको कांग्रेसले अहिले देशैभरी सदस्यताको फारम पुर्याएको हाे। कांग्रेसमा क्रियाशील सदस्यहरुले नै महाधिवेशन प्रतिनिधि चयन गर्ने भएकाले यो विषय कति सहज रुपमा टुंगिन्छ त्यहीं अनुसार कांग्रेस महाधिवेशनको भविश्य निर्धारण हुनेछ।
१५औं महाधिवेशनको मिति घोषणा भएता पनि कांग्रेसभित्र अझै आशंकाहरु कायमै छन् । विशेष महाधिवेशन पक्षधरहरुले तोकिएकै मितिमा नियमित महाधिवेशन नभए त्यसको प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन् । सीमित समयमा धेरै कामहरु गर्नुपर्ने भएकाले महाधिवेशन समयमै सम्पन्न हुन्छ कि हुँदैन भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर समयमै महाधिवेशन सक्नेगरी गृहकार्य पनि अघि बढाइँदैछ। खासगरी विशेष महाधिवेशन पक्षधरहरुले नियमित महाधिवेशन तोकिएकै मितिमा नभए यसलाई सार्ने षड्यन्त्र हुनसक्ने आशंका गरिरहेका छन् । त्यसो हुन नदिनका लागि उनीहरुले नेतृत्वलाई निरन्तर दबाब दिँदै आएकाे कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताउनुभयाे।
यस्तो छ महाधिवेशन कार्यतालिकाः
प्रतिनिधि सभा क्षेक्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ त्रियाशील सदस्यको फारम पठाउने अवधि-मंसिर २४ गतेभित्र हुने
एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेक्रीय कार्यसमितिले नयाँ त्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधि-पुस ८ गतेभित्र ।
एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि-पुस १० गतेभित्र ।
दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि- पुस ११ भित्र।
नयाँ क्रियाशील सदस्यता उपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने-पुस १२ गतेभित्र ।
त्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधि-पुस १४ गते।
केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि- पुस १४ गतेभित्र ।
नेपाली जनसम्पर्क समितिको अधिवेशन-पुस १५ गते ।
गाउँ/नगर वडा अधिवेशन-पुस १६ गते ।
गाउँ/नगरपालिका अधिवेशन- पुस १७ गते ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन- पुस १९ गते ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २१ गते ।
दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन-पुस २२ गते ।
प्रदेश अधिवेशन-पुस २३ र २४ गते ।
केन्द्रीय महाधिवेशन-पुस २६, २७ र २८ गते काठमाडौंमा हुने कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले बताउनुभयाे। कांग्रेसको संस्थापन पक्ष नियमित महाधिवेशन समयमै गर्ने तयारीमा थिएन । विशेष महाधिवेशन पक्षधरहरुले दबाब दिएपछि नियमित महाधिवेशनको तालिका आएको हो। तालिका अनुसार महाधिवेशन नहुने आशंका बढेता पनि त्यसलाई चिर्न कांग्रेस अघि बढेको देखिन्छ।
तर, नेतृत्वले कुनै पनि बेला यसमा तलमाथि नगर्ला भनेर ढुक्क हुने अवस्था भने छैन।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्