Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


इजरायली सेनाकाे आक्रमणमा परी ६७ जना पत्रकारको मृत्यु


533
Shares

एजेन्सी। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मंगलबार यस वर्ष विश्वभरी मृत्यु भएका सबै पत्रकार मध्ये करिब आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको जनाएकाे छ।

इजरायली सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी पत्रकारको मृत्यु भएको आरएसएफले जानकारी गराएकाे हाे। पेरिसस्थित मिडिया फ्रिडम ग्रुपले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२४ मा ६६ पत्रकारको हत्या गरिएकोमा यस वर्ष विश्वभरी मृत्यु हुने पत्रकारको संख्या ६७ जना पुगेको जनाएको छ। इजरायली सेनाले आक्रमणमा मृत्यु हुने पत्रकारको संख्या यो वर्ष आक्रमणमा मृत्यु हुने पत्रकारको कूल संख्याको ४३ प्रतिशत हिस्सा रहेको ओगटेको आरएसएफले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

पत्रकारमाथिको आक्रमणले इजरायललाई ‘पत्रकारको सबै भन्दा ठूलो शत्रु’ बनाएको आरएसएफले आफ्नो रिपोर्टमा उल्लेख गरिएकाे छ। आरएसएफले सन् २०२४ डिसेम्बरदेखि १२ महिनामा भएका मृत्युको दस्तावेजीकरण गरेको हाे। सबै भन्दा घातक एकल आक्रमण तथाकथित ‘डबल–ट्याप’ आक्रमण थियो।

‘डबल-ट्याप’ आक्रमणमा दोहोरो बम विस्फोट गरिन्छ र यो गत अगस्ट २५ तारिखमा दक्षिण गाजाको एक अस्पतालमा भएको आरएसएफले जनाएकाे छ।