Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


केपी ओलीले अध्यक्षमा नयाँ मान्छेलाई अगाडि सार्ने: बिन्दा पाण्डे


1.7k
Shares

काठमाडाैं। नेकपमा एमाले नेतृ बिन्दा पाण्डेले अध्यक्ष केपी शर्माओली तेस्रो पटक अध्यक्ष नबन्ने बताउनुभएको छ।

काठमाडाैंमा मंगलबार एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आयोजित अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडि सार्ने बताउनुभएको हो। महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा अध्यक्ष ओलीले आफूले नेतृत्व छाेडेको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो। अध्यक्ष ओलीले नेतृत्व छोडेर नयाँ पुस्तालाई नेतृत्व गर्नको लागि सघाउनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ। नेपाली राजनीतिमा पछाडीको नेतृत्वलाई मार्गदर्शन गर्ने परिपाटी अहिलेसम्म नरहेको उल्लेख गर्दै उहाँले अध्यक्ष ओलीले त्यसको मान्यता स्थापित गर्ने बताउनुभयो।

ओलीकै अगुवाईमा दुई कार्यकाल नेतृत्व र ७० वर्षे उमेरहदको व्यवस्था पार्टीमा आएको स्मरण गर्दै उहाँले आफूले स्थापित गरेको मान्यता भन्दा बाहिर जान नमिल्ने उल्लेख गर्नुभयो। ओली विनाको एमाले कल्पना गर्न सकिदैन भन्ने खालको नारा स्थापित गर्न खोजिएकोप्रति नेतृ पाण्डेले असन्तुष्टि जनाउनुभयो।