Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


पाकिस्तानमा आतंककारीले सुरक्षा फौजमाथि आक्रमण गर्दा ६ जना सुरक्षाकर्मीको मृत्यु, ६ घाइते


416
Shares

एजेन्सी। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतंककारीहरूले सुरक्षा फौजमाथि आक्रमण गर्दा ६ जना सुरक्षाकर्मीको मृत्यु भएकाे छ।

साेही आक्रमणमा परी ६ जना घाइते भएको सुरक्षा स्रोतले मंगलबार जनाएकाे हाे। स्थानीय समय अनुसार सोमबार आतंककारीहरूले कुर्म जिल्लामा सेनाका जवानहरूमाथि गोली चलाएर आक्रमण गरेको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ। आक्रमणको प्रतिक्रिया स्वरूप सुरक्षा बलहरूले गोली चलाउँदा साेमबार राति ७ः५० बजेसम्म निरन्तर आक्रमण जारी रहेको हाे।

तीव्र झडप र अँध्यारोका कारण घटना स्थलबाट मृतक सैन्य कर्मचारीहरूको शव अहिलेसम्म बरामद हुन नसकेको जनाइएको छ ।