Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


थाइल्याण्ड र कम्बोडियाबीचकाे सीमा क्षेत्रमा झडप हुँदा ७ जनाकाे मृत्यु, २० घाइते


117
Shares

एजेन्सी। पछिल्लाे समय थाइल्याण्ड र कम्बोडियाबीचकाे सीमामा झडप र हिंसा बढ्दै गएकाे छ।

जसका कारण थाइल्याण्डले मंगलबार कम्बोडियाकाे सीमा क्षेत्रमा प्रहार गरेपछि मंगलबार ७ जना सर्वसाधारणको मृत्यु भएकाे हाे। साेही दुर्घटनामा परी २० जना घाइते भएका छन् । कम्बोडियाको संघीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडियाभित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउदै घटनाको पुष्टि गर्नुभएकाे छ।

उहाँले आक्रमणहरूलाई ‘अमानवीय र क्रूर’ भन्दै आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निर्देशनमा गत अक्टोबर-२६ तारिखमा दुवै देशका प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेको युद्धविराम सम्झौता र संयुक्त घोषणापत्रकोविरुद्ध भएको बताउनुभयाे।

बैंककमा थाई सेनाले कम्बोडियासँगको सीमा झडपमा २ जना सैनिकको मृत्यु भएको घोषणा गरेको छ। योसँगै आइतबार लडाइँ पुनः शुरु भएदेखि मृत्यु हुने थाई सेनाको संख्या ३ जना पुगेको हाे।