काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार ७ दशमलव ३९ अंकले बढेको छ।
३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २ हजार ६ सय १४ दशमलव०७ बिन्दुमा पुगेको हो। नेप्सेमा सुधार हुँदा १ सय ४८ वटा कम्पनीको सेयर मूल्य बढेको छ। १ सय १ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको हाे। तर, ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेकाे छ।
नेप्सेमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबै भन्दा बढी नाफा आर्जन गरेका हुन्।हिमस्टार उर्जा कम्पनीको सेयर बिक्री गर्नेले सबै भन्दा बढी गुमाएका छन्। बैंकिङ, लघुवित्त, निर्जीवन बिमा र व्यापार समूह बाहेक सबै समूहको उपसूचक हरियाली बनेको नेप्सेले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्