Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


लोकतन्त्रभित्र राजतन्त्र समेटौं: वरिष्ठ उपाध्यक्ष मिश्र

ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्नेमा जाेड

208
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताउनुभएको छ।

काठमाडौंमा मंगलबार पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राप्रपाले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताउनुभयो। राजनीति भन्दा माथि रहने संस्था राजसंस्था नै रहेको उल्लेख गर्दै उहाँले सबै जातजाती, भाषा-भाषी र धर्म संस्कृतिका मान्छेले मान्ने संस्था राजसंस्था नै रहेको बताउनुभयो। आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरु रहनुपर्ने पनि उहाँले बताउनुभयो। राजनीतिक दलहरुले राज्य नै क्षयीकृत हुनेगरी गल्ती गरेको उहाँकाे भनाइ छ।

वरिष्ठ उपाध्यक्ष मिश्रले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने बताउनुभयो।