काठमाडौं ।
कंगोको पूर्वी भागमा फेरि एकपटक सरकारी सेना र सरकार सर्मथक मिलिसियाबीच भएको झडपमा कम्ती ३० जनाको ज्यान गएको छ ।
देशको दक्षिण किवू प्रान्तको सेन्गे शहरमा दुई समुहबीच विवाद बढ्दै गएपछि बम विस्फोट गराउँदा ३० भन्दा बढीको मृत्य भएकाे छ भने कयौं घाइते भएको स्थानीय सञ्चारमाध्मले जनाएका छन् ।
स्थानीय बासिन्दा र सिविल सोसाइटीका नेताहरुका अनुसार कंगोका सेना र वाजालेंदो मिलिशियाबीच झडप हुनुभन्दा पहिले विस्फोट भएको थियो ।
वाजालेंदो मिलिशिया सेनासंग मिलेर विद्रोहिहरुकोे लडाई चलिरहेकोमा पछिल्लो समय दुबै पक्षबीच अचानक तनाव बढेको बताइएको छ । मोर्चेबाट उविरा शहरतर्फअगाडी बढिरहेको सेनाको एक समुहको समुहलाई रोक्दा विवाद भएको र गोली चल्नुका साथै विस्फोट गराइएको थियो ।
जसका कारण यति ठुलो मानवीय हताहती भएको अधिकारीहरुको भनाई छ । कंगोको पूर्वी इलाका खनिजहरुले भरिभराउ रहेको छ । यहाँं एक सय भन्दा बढी सशस्त्र समूह सक्रिय रहेको बताइन्छ । कंगोमा लगातारको अशान्तीकै कारण ७० लाख भन्दा बढी बासिन्दा पलायन भइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्