Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


‘नवीन समझदारी’का लागि दबाब दिन भन्दै राप्रपाले आज प्रदर्शन गर्दै


169
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज नवीन समझदारीका लागि दबाब दिन जनप्रदर्शन कार्यक्रम गर्दैछ ।

राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।

काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ ।