Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


दक्षिणी सुडानमा आक्रमणमा ११४ जनाको मृत्यु


117
Shares

काठमाडौं ।

अफ्रिकी मुलुक सुडानको दक्षिण कोर्डोफान प्रान्तको कालोगी क्षेत्रमा सशस्त्र समुहले किन्डरगार्डनमा गरेको ड्रोन आक्रमणमा ६३ बालबालिकासहित १ सय १४ जनाको मृत्यु भएको छ ।

किन्डरकार्डे र वस्ती क्षेत्रमा गरेको आक्रमणमा ६ दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सख्या अझै बढ्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

यसैबीच, सुडानी अधिकारीले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन् ।

सेनाले शुरुमा ९ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएपनि मृतकको संख्या सय बढी पुगेको प्रान्तीय सरकारले जनाएको हो ।

सुडानको विद्रोही अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्से (आरएसएफले) सन् २०२३ को अप्रिलदेखि शुरु गरेको युद्धमा दशौँ हजारको ज्यान गईसकेको छ भने लाखौँ नागरिक विस्थापित भईसका छन् ।